आज कुशे औँसी,बुबाको मुख हेर्ने दिन

खबर बुक
  • ख-
  • ख+

आज कुशे औँसी । कुशे औँसीको दिनलाई बुबाको मुख हेर्ने दिन पनि भनिन्छ ।

आजको दिन आफ्नो जन्म दिने बुबालाई विशेष सम्मान गर्ने र बुबा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ ।

आज आफ्ना बुबालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । बुबा जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन छ ।

बुबा नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण तथा श्राद्ध गर्ने परम्परा छ । काठमाण्डौको गोकर्णमा बिहानैदेखि श्राद्ध तथा तर्पणगर्नेको घुइँचो छ ।

उत्तरगयाका रूपमा परिचित गोकर्णेश्वर महादेवथानमा श्राद्ध गरी पिण्डदान गर्नाले मातृकूल, पितृकूल, बन्धु–ससुराली कूलादि सय कूलको उद्धार हुने धार्मिक विश्वास रहिआएको छ ।

गोकर्णमा श्राद्ध गर्नु भारतको कासी गयामा श्राद्ध गर्नुसरह फल मिल्ने विश्वास पनि गरिन्छ ।

आज सनातन वैदिक हिन्दु धर्मावलम्बीले वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गरिन्छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्