
प्ररराष्ट्रमन्त्री डा.नारायण खड्का महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन आज संयुक्त अधिराज्य बेलायत प्रस्थान गर्ने हुनुभएको छ ।
बेलायतको राजधानी लण्डनमा रहँदा उहाले महारानीलाई श्रद्धाञ्जलि दिने र ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी मन्त्री खड्का बकिंघम दरबारमा राजाको स्वागत समारोह तथा विदेश मामिला मन्त्रीले आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी हुनुहुनेछ । मन्त्री खड्का आगामी असोज ५ गते स्वदेश फर्किनु हुनेछ।