सुदूरपश्चिममा एकै दिन २२ जनामा कोरोना संक्रमण

खबर बुक
  • ख-
  • ख
  • ख+

धनगढी, २६ चैत । सुदूरपश्चिम प्रदेशमा आज एकै दिन २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सात सय ६२ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा १८ जना र ४० जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा १९ जना कैलालीका, दुई जना कञ्चनपुर र एक जना बैतडी जिल्लाका रहेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्