‘नेपाल सधैँ मेरो मुटुको नजिक रहने ठाउँ हो’

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ– नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपाल आफ्नो रोजाईको प्रिय देश रहेको बताएका छन् । दुई दिने भ्रमणका लागि काठमाडौँमा रहेका अमेरिकी सहायक विदेशमन्त्री लूले नेपाल सँधै आफ्नो मुटुको नजिक रहने ठाउँ भएको बताएका हुन् ।

नेपाल भ्रमणका क्रममा एक भिडियो सन्देश जारी गर्दै उनले नेपालका विभिन्न ठाउँ पुग्दा आफूले धेरै कुरा महसुस गरेको पनि बताए । काठमाडौँका विभिन्न पर्यटकीय क्षेत्र घुमेको भन्दै अमेरिकी सहायक विदेशमन्त्री लूले जनकपुधारम, विरगञ्जदेखि चितनव राष्ट्रिय निकुञ्ज पनि आफूले घुमेको अनुभव भिडियोमा उल्लेख गरेका छन् ।

तराईको गर्मी, पहाडको चिसो हावा आफ्ना लागि विशेष रहेको भन्दै उनले तराईका महिलाको रहनसहन, संघर्ष र त्यसक्रममा आफूले देखेका केही दृश्य धेरै सम्झिरहेको पनि उनले भिडियोमा बोलेका छन् । दुई दिने भ्रमणका लागि अमेरिकी सहायक विदेशमन्त्री लू बिहीबार भारत हुँदै काठमाडौँ आइपुगेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्