गठबन्धन सरकारले देशलाई ठुलो दुर्घटना हुनबाट जोगायाे- प्रकाशमान सिंह

खबर बुक
  • ख-
  • ख+

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बागमती नदी किनारका अव्यवस्थित बस्तीहरूको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताउनु भएको छ।

बिहीबार काठमाडौँमा आयोजित सरोकारवाला निकायसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनस भएकाे हाे ।

नेता सिंहले काठमाडौँ जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने बताउनु भएको छ । बागमती नदीको किनारका बस्तीहरूको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गरेर नै अघि बढ्नु पर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

तत्कालीन नेकपाको सरकारले सङ्घीय कानुन समयमा नबनाइदिएका कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको बताउनु भएको छ।‘अहिले बागमतीको किनारमा बस्तीहरूको जुन कुरा छ, त्यहाँ अलि आक्रोश पनि छ । लोकतान्त्रिक पद्धतिमा काम गर्दा कानुन बमोजिम विधि र प्रक्रिया पूरा गर्नुपर्छ । अव्यवस्थित पूर्ण बस्तीहरूको समाधान गर्नको लागि हामी अघि बढ्छौँ ।’

तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसद्लाई दुई पटक भङ्ग गरेको कारणले संविधानलाई जोगाउनका लागि गठबन्धनको सरकार बनेको दाबी गर्नु भएको छ ।

गठबन्धन सरकारले देशलाई ठुलो दुर्घटना हुनबाट जोगाएको भन्दै आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरूले विकास गर्ने पार्टी र नेताहरूलाई मतदान गरेर जिताउनुपर्ने बताउनु भएको छ । ‘स्थानीय सरकारलाई दिनुपर्ने अधिकार दिनुपर्छ भनेर जायज आवाज उठेका छन्, यो राजनीतिक कुरा नयाँ संविधान जारी भएपछि कार्यान्वयन गर्ने आदेश पाएका दलले सङ्घीय कानुन समयमा नबनाइदिएको कारण आएको हो । अहिले त तपाईँहरूकै सरकार छ भन्नुहोला । झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसद्लाई दुई पटक भङ्ग गरेको कारणले संविधानलाई जोगाउनको लागि बनेको हो यो गठबन्धन सरकार । देश ठुलो दुर्घटनाबाट जोगाएर ट्र्याकमा लैजाने काम यो सरकारले गरिरहेको छ ।’

कार्यक्रममा सरोकारवाला निकायहरू र आम सर्वसाधारणहरूले खानेपानी बिधुत सडक टेलिफोन तार लगायत समस्याको उचित व्यवस्थापन गर्न माग गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्