राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ ।
गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच महाबिर पुनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । शिक्षा मन्त्री देवेन्द्र पौडेल लगाएतले पुनलाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभयो । कार्यक्रममा मन्त्री पौडेलले नेपालमा अनुसन्धानका काममा कसैलाई चासो भएको नपाइएको बताउनुभयो । आविश्कार र अनुसन्धानमा महाविर पुनले खेलको भूमिकालाई सवैले सकारात्मक रुपमा लिएको उहाले बताउनुभयो । मन्त्री पौडेलले असोज १ गते सरकारले बिज्ञान दिवस पनि मनाउन लागेको जानकारी दिनुभयो । नेपालमा नाष्ट भन्ने संस्था रहेको र दिनहु छलफल हुने गरेपनि अनुसन्धानको क्षेत्रमा चासो देखिएको उहाले बताउनुभयो ।
पुरस्कार ग्रहण गर्दै पुनले उहाले आविष्कार केन्द्रको शुभारम्भ मात्रै आफुले गर्न खोजेको भन्दै नेपालमा धेरै आविष्कार क्षेत्र बिकास गर्नुपर्ने बताउनुभयो । नेपाल गरिव भएकै कारण युवाहरु बिदेशिन बाध्य भएको र उद्योगी व्यवसायीहरुले नै रोजगारीको सिर्जना गर्नुपर्ने उहाले बताउनुभयो ।
उहाले नेपालका आफ्नो आविष्कार केन्द्रबाट तीव्रतर रुपमा काम हुन सके अरु देशको दाँजोमा कहिल्यै पछि नपर्ने धारणा राख्नुभयो । ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने आयोजकले जनाएको छ ।