सर्लाहीको हरिवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

सर्लाही, २८ भदौ । सर्लाहीको हरिवन नगरपालिका–१० नयाँरोड चोकमा आज बिहान ट्रकको ठक्करबाट  पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको र सनाखत हुन बाँकी रहेको सर्लाही प्रहरीले जनाएको छ ।

आज बिहान ४ बजे ना ८ ख ८२६७ नम्बरको ट्रकले पैदल हिंडिरहेका पुरुषलाई ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्