
आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महशाखाले जनाएको छ ।
राति भने गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज देशको लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने अनुमान गरिएकाले सावधानी अपनाउन पनि महाशाखाको अनुरोध छ ।
हाल प्रदेश–१, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । महाशाखाका अनुसार मनसुनी प्रणाली भने सामान्य अवस्थामा छ ।