बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ  

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ भदौ।।बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत घर भई काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने ३५ वर्षीय ईन्द्र बहादुर कुवँर छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले २०७९ वैशाख २ गते उनलाई बैंकिङ् कसूरा तीन थान मुद्दामा २५ दिन कैद र ६१ लाख ५४ हजार ८७५ रूपैयाँ जरिवाना ठहर गरेको थियो ।

त्यसपछि फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।

कुँवरले बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारेका थिए ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा पठाइएको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्