आगामी मंसिर चार गते हुने निर्वाचनका लागि बिशेष सुरक्षा योजना अनुमोदन

खबर बुक
  • ख-
  • ख+

आगामी मंसिर चार गते हुने निर्वाचनका लागि बिशेष सुरक्षा योजना अनुमोदन गरिएको छ ।

आइतबार गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई सुरक्षित बनाउनका लागि निर्वाचन केन्द्रीत केन्द्रीय बिशेष सुरक्षा योजना अनुमोदन गरिएको मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो । बिशेष सुरक्षा योजना अनुमोदन भएसंगै यसलाई आधार मान्दै जिल्ला जिल्लामा सुरक्षा योजना निर्माण हुने उहाले बताउनुभयो ।

त्यस्तै बैठकमा सोमबारबाट हुने चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेतृत्वको टोलीको नेपाल भ्रमण त्रुटीरहित ढंगले सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिनुभएको सहसचिव पोखरेलले बताउनुभयो ।

त्यस्तै बैठकले दार्चुला जिल्लामा भएको बिपद्को घटनाको समिक्षा गर्दै बैमौसमी बर्षाका कारण हुनसक्ने क्षतिलाई न्युनिकरणका लागि तयारी अवस्थामा रहन पनि सुरक्षानिकायलाई निर्देशन दिइएको पोखरेलले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्