पाकिस्तानमा बाढीका कारण १२ लाख गर्भवति जोखिममा

खबर बुक
  • ख-
  • ख+

विश्व स्वास्थ्य सङ्गठनले पाकिस्तानमा बाढीका कारण १२ लाख गर्भवति जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

बाढीका कारण पाकिस्तनको १० प्रतिशत स्वास्थ्य संस्था पूर्ण रुपले क्षतिग्रस्त भएको सङ्गठनका पाकिस्तान प्रतिनिधि डा.पलिता गुणरत्ना महिपालले बताउनुभयो ।

उहाँले पाकिस्तानको स्वास्थ्य सेवा बाढीका कारण प्रभावित बनेको र हाल क्याम्पमा बसोबासा गरिरहेका करिब १२ लाख गर्भवति जोखिममा रहेको बताउनुभयो ।

पाकिस्तानमा बाढीका कारण महामारी फैलिन सक्ने जोखिम रहेको सङ्गठनले चेतावनी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्