व्यवस्था परिवर्तनमा माओवादीको मुख्य भूमिका भए पनि रजाइँ अरुले नै गरे : शिक्षामन्त्री पौडेल

खबर बुक
  • ख-
  • ख+

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाइँ गरेकाले समस्या भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेको बताए । यसकारण पनि आगामी निर्वाचनमा माओवादी उमेदवारले जित्नु पर्ने बताए ।

गण्डकी प्रदेशको पोखरामा आयोजित कार्यक्रममा उनले प्रेस सेन्टरमा आवद्ध पत्रकारहरूलाई व्यवसायीक दक्षता बढाउन र हस्तक्षेपकारी प्रचार र सोसल मिडियाको प्रभावकारी उपयोग गरेर अगाडि बढ्न आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्