लागूऔषधसहित कैलालीबाट चार जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

कैलालीमा लागूऔषधसहित चार युवक समातिएका छन् । जिल्लाको घोडाघोडी नगरपालिकामा लागूऔषधसहित चार जना पक्राउ परेका हुन् ।

घोडाघोडीको नगरपालिका वडा नम्बर १ को बेलारबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २० वर्षीय दीपेश धामी, १९ वर्षीय शिव गुरुङ, २३ वर्षीय सुमन बोहरा र २१ वर्षीय उपेन्द्र बम रहेका छन् ।

उनीहरूको साथबाट दुई सय मिलीग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। बिहीबार राति बेलारबाट उनीहरूलाई गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्