
काठमाण्डौको नागढुङ्गामा आज ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनपुरको पुनरवास नगरपालिका–२ का २८ वर्षीय सुगम तामाङ रहेका छन् ।
दुर्घटनाबाट गम्भिर घाइते भएका तामाङको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो ।
काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको ना ४ ख १०६२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउदै गरेको सुदुरपश्चिम प्रदेश ०१ ०११ प २८५८ नम्बरको मोटरसाइकल आज बिहान सवा ११ बजे ठोक्किएका थिए ।
दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ ।
न्युज कारखाना