जसपाले पठायो संघीय मञ्चलाई एकीकरणका लागि पत्र

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ माघ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा नेपाल)ले पार्टीले एकताका लागि संघीय लोकतान्त्रिक मञ्चलाई पत्राचार गरेको छ ।

एकता वार्ताका समितिका संयोजक राजेन्द्र श्रेष्ठले एक पत्र लेख्दै पार्टी एकताका लागि कुमार लिङदेन नेतृत्वको संघीय मञ्चलाई पत्राचार गरेका हुन ।

‘हाम्रो पार्टी राजनीतिक समितिको बैठकले निति, सिद्धान्त र बिचार मिल्ने राजनीतिक दलसँग ठोस रुपमा पार्टी एकताको पहल गर्न पार्टी बार्ता समिति गठन गर्नुको साथै त्यसको बैचारिक आधारको रुपमा पहिचानसहितको संघीयता र समाजवाद हुनुपर्ने निष्कर्ष निकालेको छ,’ श्रेष्ठले पठाएको पत्रमा भनिएको छ, ‘अत: पार्टी एकताका लागि बिचाराधारात्मक तथा संगठनात्मक बिषयमा वार्ता एवम छलफल गर्नका लागि हामी तपाईको पार्टीसँग हार्दिकताका साथ प्रस्ताव अघि बढाउन चाहान्छौं ।’

जसपाको राजनीतिक समितिको गत १८ र १९ पुसमा बसेको बैठकले बिचारधारा मिल्ने पार्टी एकता गर्नका लागि श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्