सुनचाँदीको मूल्य स्थिर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ माघ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ कायम रहेको छ ।

यसअघि सोमबार प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख ४ हजार ६०० रुपैयाँमा काराेबार भएकाे सुनको मूल्य मंगलबार साेही मूल्यमा किनबेच भइरहेकाे महासंघले जनायाे ।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्