टिप्परसँग स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

धादिङ, २४ माघ । धादिङ थाक्रेममा टिप्परसँग स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु भएको छ ।

थाक्रे गाउँपालिका–६ मा टिप्परसँग स्कुटर ठोक्किँदा स्कुटर चालक थाक्रे गाउँपालिका–११ कि १५ वर्षीय संगम लामाको मृत्यु भएको प्रहरी चौकी महादेववेशीले जनाएको छ ।

टिप्परसँग स्कुटर ठोक्किएपछि गम्भीर घाइते भएकी लामाको शाही बाबा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौँबाट गजुरी तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ५१११ नम्बरको स्कुटर पार्किङमा राखेको बा ४ ख २६५४ नम्बरको टिप्परको पछाडि सोमबार मध्यराति ठोक्किएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्