काठमाडौं उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ भदौ । अहिले काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरुमा बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको ।

‘काठमाडौं उपत्यकाका विभिन्न  स्थानहरूमा पछिल्लो एक घण्टामा भारी वर्षा भएकोले बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा खोला किनारको बाटो यात्रा गर्दा  सतर्कता अपनाऔँ,’ महाशााखाले एक सूचना जारी गर्दै भनेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्