राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछाने स्वदेश फर्कने

खबर बुक
  • ख-
  • ख+

नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ ।

१७ वर्षका एक किशोरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित राष्ट्रिय टोलीबाट निलम्बन गरेको जनाएको छ । गत मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ ।

यसैबीच बलात्कारको आरोप लागेका लामिछानेले स्वदेश फर्कने बताउनुभएको छ । सिपिएल खेल्न गएका लामिछानेले आज ट्वीट गर्दै आफू निर्दोष रहेको र नेपालको कानुनमा विश्वास रहेको भन्दै सिपिएल छाडेर छिट्टै स्वदेश फर्कने सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्