
१७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग खेल्दैछ ।
खेल श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो ।
यो खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । समूह ‘बी’ मा ३ अङ्क जोडेको नेपाल दोस्रो र भारत शीर्ष स्थानमा छन् । नेपालले भुटानलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । भारत पनि अन्तिम चारमा पुगिसकेको छ ।
आज नेपालले भारतलाई हराउन सकेमा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । आजै हुने दोस्रो खेलमा श्रीलङ्का र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन् ।