माओवादीका २ जनाले लिए मधेश प्रदेशसभा सदस्यको शपथ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ११ माघ । नेकपा माओवादी केन्द्रका दुईजना मधेश प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेशसभा सचिवालयमा बुधबार भएको समारोहमा सभामुख रामचन्द्र मण्डलले रजि हैदर र रुवी कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

उनीहरु समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्