संसद भवन अगाडि आफैंलाई आगो लगाएका आचार्यको मृत्यु

खबर बुक
  • ख-
  • ख+

१० माघ, काठमाडौं । संघीय संसद् भवनअगाडि हिजाे मंगलबार आफैंलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारकाे क्रममा मृत्यु भएको छ ।

ब्यावसायिक जीवनमा असफलता भोगेको भन्दै मंगलबार दिउँसो उनले शरीरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका थिए । प्रहरीले तत्कालै आगो निभाएर उनलाई अस्पताल पुर्‍याए पनि उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको अस्पतालले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्