अमेरिकाको वासिङ्टनमा गोलीप्रहार , तीनजनाकाे मृत्यु

खबर बुक
  • ख-
  • ख+

११ माघ, काठमाडौं । अमेरिकामा एकपछि अर्को गोलीकाण्ड भएको छ ।

क्यालिफोर्नियामा तीन दिनको बीचमा भएका दुई वटा गोलीकाण्डमा १८ जनाको ज्यान गएको घटनालगत्तै मंगलबार वासिङ्टन राज्यको याकिमा शहरमा अर्को गोलीकाण्ड भएको छ । जहाँ तीन जनाको ज्यान गएको छ भने आक्रमणकारीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

मंगलबार राति भएको घटनामा तीन जना मारिएको र शंकास्पद आक्रमणकारीले आफैंलाई गोली हानी आत्महत्या समेत गरेको याकिमाका प्रहरी प्रमुख म्याट मुरेले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्