बंगलादेशमा एक महिनापछि राष्ट्रपति निर्वाचन

खबर बुक
  • ख-
  • ख+

ढाका-बंगलादेशमा आगामी फेब्रुअरीमा राष्ट्रपति निर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगका सचिव मोहम्मद जहाँगिर आलमले आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने जानकारी दिए ।  वर्तमान राष्ट्रपति अब्दुल हमिदको कार्यकाल २४ अप्रिलमा समाप्त हुँदै छ । हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने भएकाले नयाँ निर्वाचन हुन लागेको सचिव आलमले बताए ।

देशको संविधानले एक व्यक्तिलाई बढीमा दुई कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्