जब हिरासतकी महिलालाई असईले मध्यरातमा आफ्नो कोठामा ल्याए

खबर बुक
  • ख-
  • ख+

कोहलपुर । हिरासतमा रहेकी एक महिलालाई आफ्नो कोठामा ल्याएपछि एक जना प्रहरी पक्राऊ परेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईं पक्राउ परेका हुन् । उनले हिरासतमा रहेकी एक महिलालाई शुक्रबार बिहान २ बजेतिर निकालेर भवनको माथिल्लो तलामा लगेका थिए । त्यसपछि महिलामाथि यौन दुर्व्यवहार तथा बलात्कार गरेकोआशंकामा चौलागाईं पक्राउ गरिएको प्रहरीले बताएको छ ।

असईले मध्यरातमा आफ्नो कोठामा लगेर सामान्य सोधपुछ गर्नुको साथै हातपात गरेको भन्ने कुरा आएको हुँदा घटना अनुसन्धानका लागि चौलागाईंलाई नियन्त्रणमा लिएर जिप्रका बाँकेको थुनुवा कक्षमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। पीडित भनिएका व्यक्तिहरूले नै कुरा बदल्न थालेको उनले बताए।

महिलाका बुवा(आमालाई जिल्ला प्रहरी कार्यालयमा बोलाउँदा पनि नआएको एसपी अधिकारीले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्