बसभित्र तास खेलिरहेका चारजना पक्राउ

न्युज कारखना
  • ख-
  • ख
  • ख+

भक्तपुर, ८ माघ । भक्तपुरमा बसभित्र तास खेलिरहेका चारजना पक्राउ परेका छन् । मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली सिद्धार्थ पेटोल पम्प पछाडि पार्किङ गरिराखेको सैलुगेश्वरीदेखि काठमाडौं चल्ने बा ३ ख ३६५६ नम्वरको बसभित्र तास खेलिरहेको उनीहरुलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

भक्तपुर प्रहरी परिसका प्रमुख एसपी प्रजित केसीका अनुसार उनीहरुको साथबाट ७१ ह्जार नगद र एक बुक तास बरामद गरिएकाे हाे । उनीहरुलाई अहिले नियन्त्रणमा लिई परिसरमा ल्याउने काम भइरहेको उनले बताए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्