दुर्घटनामा यादवको मृत्युु

खबर बुक
  • ख-
  • ख
  • ख+

सप्तरी ७ माघ।पूर्व–पश्चिम हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका १२ डेडेवा पोखरीमा बिहीबार राती भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिष्णुपुर गाउँपालिका वडा नम्बर ७ बिष्णुपुर टोल बस्ने किशोरी प्रसाद यादवको छोरा अन्दाजी बर्ष ४७ को मात्रिका प्रसाद यादव रहेका छन् । प्रदेश नं.२–०१–००२ प ५०५२ नम्बरको मोटरसाइकल अचानक  दुर्घटना भई बाटोको उत्तर पट्टि साईडमा मोटरसाइकल चालक यादव फेला परेको प्रहरीले जनाएको छ ।

राती ९ बजे भेटिएका उनलाई तत्कालै उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृतकको पोष्ट मार्टम गरि शव परिवारलाई बुझाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्