आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

खबर बुक
  • ख-
  • ख+

आज ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ अर्थात साक्षरता सिकाइको क्षेत्रमा रुपान्तरण भन्ने नारा तय गरेको छ ।

दिवसको अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मुल्याङ्कनको मापनसहितको प्रतिवेदन सार्वजनिक गर्दैछ ।

युनेस्कोले सन् १९६७ देखि सेप्टेम्बर ८ मा यो दिवस मनाउन थालेको हो । नेपालमा यही दिवसका दिन राष्ट्रिय शिक्षा दिवस मनाउने गरिएको भए पनि विगत तीन वर्षअघि स्थगन गरिएको छ ।

सरकारले सबै निरक्षर नागरिकलाई साक्षर बनाउने उद्देश्य राखेको भए पनि चुनौती देखिएको छ । साक्षर नेपाल कार्यक्रम अन्तर्गत अहिलेसम्म ६१ जिल्ला साक्षर घोषणा भएका छन् ।

अझै १६ वटा जिल्ला साक्षर घोषणा हुन बाँकी छन् । दिवसका अवसरमा शुभकामना व्यक्त गरी प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्