आज देशभरको मौसम आंशिक देखि सामान्य बदली रहने

खबर बुक
  • ख-
  • ख+

प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

अन्य प्रदेशमा सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो देशभरको मौसम आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राति प्रदेश १ र बागमती प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। अन्य प्रदेशमा हल्का पानी पर्ने सम्भवना छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्