सर्पले डसेर सल्यानमा एक बालिकाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

विषालु सर्पले डसेर सल्यानमा एक बालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार सर्पको टोकाइबाट चार वर्षीय बालिकाको मृत्यु भएको हो ।

बन्गाड कुपिण्डे नगरपालिका-३ खेतगारा औलबेसी निवासी कन्जरा विककी छोरी सृष्टि विकको मृत्यु भएको हो ।

घर नजिकै आमासँग हिँडिरहेको बेला बालिकालाई मंगलबार बेलुकी ६ बजेतिर सर्पले डसेको र घरेलु उपचारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लामा सर्पले डसेको उपचार सम्भव नभएको र बाहिर जानुपर्ने बाध्यताका कारण उनको अकालमा मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्