मधेस प्रदेशको सभामुखमा रामचन्द्र मण्डल निर्वाचित

न्युज कारखना
  • ख-
  • ख+

जनकपुर, ३ माघ  ।  आज भएको निर्वाचनवाट मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल चयन भएका छन ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा भएको मत बिभाजनवाट सभामुखमा मण्डल चएन भएका हुन ।  सो मत विभाजनमा मण्डलको पक्षमा ७४ मत परेको थियो भने उनको विपक्षमा २९ मत परेको छ । आज बसेको प्रदेश सभा बैठकमा १ सय ३ सांसद उपस्थित थिए ।

मत बिभाजन सम्पन्न भए पछि जेष्ठ सदस्यका नाताले सभाका अध्यक्षता गरेका सदस्य गोबिन्दबहादुर न्यौपानेले मण्डल बिजयी भएको घोषणा गरेका हुन् ।

मण्डललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी,  जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी र ४ स्वतन्त्र सांसदले पक्षमा मतदान गरे पछि उनी बिजयी भएका हुन ।  मण्डलको बिरुद्धमा नेपाली कांग्रेसका जंगीलाल राय उम्मेदवार थिए पनि आवाश्यक मत नपुग्दा उनी पराजित भए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्