सुदन किरातीलाई बुबाले साेधे- मन्त्री चाँही कसरी भइस् ? कसले गर्दा भइस ?

खबर बुक
  • ख-
  • ख
  • ख+

नेकपा माओवादी केन्द्रले सांसद सुदन किरातीलाई संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री बनाउने निर्णय गरे पछि उनले अस्पतालमा उपचाररत बुबासंग आफू मन्त्री बन्न लागेकाे सुनाए।

सामाजिक सञ्जाललमा उनले आफूले बुबासँग गरेको कुराकानीबारे यस्तो लेखेका छन्। 

डाँडाको जुन घाम जस्तै बुवा संग कुराकानी !
मैले भने ।
म – बुवा म मन्त्री हुने भएँ छु ।
बुवा – हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना होकि बिपना हो ?
म – हो बुवा साँच्चै हो बिपना नै हो । ( संस्कृति,पर्यटन तथा नागरिक उड्यान )
बुवा – मन्त्री चाहि कसरी भइस ? कसले गर्दा भइस ?
म – पहिलो त तपाईहरुले जन्माउनु भयो, दोश्रो त मैले धेरै राजनीतिमा दुख गरे, तेश्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्‍यो ।
बुवा- राम राम राम ! म उहिले फोक्लेण्डको लाडाईमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थे !
म – म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो ……… ।
बुवा- हाम्रो बंशमा वडा अध्यक्ष सम्म कोहि भएनौं राम्रो गर्नु ।
म – पाउनु ठुलो कुरा होइन काम गर्नु ठुलो कुरा हो । म मेहनेत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी संगै हुन पाएको भए …… ।
बुवा – म गए पछि तेरो आमा संग भेट हुन्छ नै होला म सबै भनि दिउँला । बुवा रुनु भो ! म ……… !
संम्झे !
बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाब भने फरक ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्