विमान दुर्घटना परी ज्यान गुमाउनेको नाममा काठमाडौंको माइतिघरमा दीप प्रज्वलन (तस्बिर)

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २ माघ  । आइतबार पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै काठमाडौंको माइतिघरमा दीप प्रज्वलन गरिएको छ ।

एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल , यस टुगेदर वी क्यान लगाएत बिभिन्न संघसंस्थाहरुले मृतकको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् । साथै उनीहरुले पुराना हवाइजहाजको उडान बन्द गर, हवाइजहाज सम्बन्धी कानून र नीतिमा सुधार गर, ५५ बर्षको जहाज आकाशमा, दुर्घटनालाई कसले रोक्न सक्ला , विदाई कसलाई ? थोत्रा जहाज की सार्वजनि सेवा? लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । अज्ञात ३ जना यात्रुको खोजी तथा उद्धार जारी छ ।

तस्बिर 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्