सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २७ पुस । जनमत पार्टी अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता भएको छ ।

पछिल्लो समय राजनीतिक भेटवार्ता बाक्लो बनाइरहेका राजदू्त थम्पसनले बुधबार अध्यक्ष राउतलाई भेटेका हुन् ।

नेपालका नयाँ जनादेश सरकार बन्ने चरणमा रहेका बेला सरकार समर्थक दलका अध्यक्ष राउतसँग भेटवार्ता गरेका राजदूत थम्पसनले दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्