निजामती सेवालाई थप सक्षम, सबल र सुदृढ बनाउँदै लैजाने सरकारको योजना

खबर बुक
  • ख-
  • ख+

प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवालाई थप सक्षम, सबल र सुदृढ बनाउँदै लैजाने सरकारको योजना रहेको बताउनुभएको छ ।

१९ औँ निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै निजामती सेवालाई सशक्त बनाई सरकारी सेवा प्रवाहलाई अझ चुस्त बनाउन र विकास निर्माण कार्यलाई गति दिनुपर्ने खाँचो रहेको बताउनुभएको छ ।

उहाँले मुलुक राजनीतिक सङ्कटको अवस्थामा रहेका विभिन्न कालखण्डमासमेत राज्य सञ्चालनदेखि विकास निर्माण र सेवा प्रवाह कार्यलाई निरन्तरता दिने काममा निजामती प्रशासनको महत्वपूर्ण भूमिका रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

आज व्यवसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन भन्ने मुल नाराका साथ निजामती सेवा दिवस मनाइदैछ ।

दिवसरको अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई तथा निजामती सेवा पुरस्कारबाट ३० जनालाई पुरस्कार दिने निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्