काठमाडौं, २६ पुस।बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराउनु भएको हो ।
सत्ता गठबन्धनमा रहेको ठूलो दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनुहुनेछ ।









