गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ

खबर बुक
  • ख-
  • ख
  • ख+

पोखरा, २५ पुस । गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजै अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे ।

अधिकारीलाई ३३ सांसदको समर्थन छ । मुख्यमन्त्री अधिकारीले आजै ३ मन्त्रीलाई नियुक्त गर्नुभएकाे छ । माओवादीका हरिबहादुर चुमान, एमालेकी सीताकुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङले पनि शपथ लिनुभएकाे छ ।

उनीहरु सबैलाई विना विभागीय मन्त्रीको शपथ गराइएको हो । आजै मुख्यमन्त्री र मन्त्रीहरुले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्