आज निजामती सेवा दिवस मनाइदै

खबर बुक
  • ख-
  • ख+

निजामती सेवा दिवसको अवसरमा आज नेपाल सरकारका मुख्य सचिवसहितका सरकारी उच्च पदस्थ अधिकृतबीच फुटबल खेल हुने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको प्रतियोगितामा मुख्यसचिव शङ्करदास बैरागीसहितको टोली खेलमैदानमा उत्रन लागेको हो ।

खेल सातदोबाटोस्थित एन्फा मैदानमा दिउँसो साढे ३ बजे हुनेछ ।

प्रतियोगितामा उच्च तहका अधिकृत र निजामती सेवासँग सम्बन्धित ट्रेड युनियन पदाधिकारी बीच प्रतिस्पर्धा हुनेछ ।

मुख्यसचिवको नेतृत्वमा रहेको २५ सदस्यीय टोलीमा सचिव, सहसचिव र अरु उपसचिव रहेका छन् ।

वि.सं. २०१३ भदौ २२ गते निजामती ऐन जारी भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्