प्रतिनिधि सभाको पहिलो बैठक बस्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २४ पुस।मंसिर ४ को निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक सोमबार (आज) बस्दै छ ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।

त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति र मन्त्रिरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । बैठकलाई सबै दलका प्रतिनिधिहरुले सम्बोधन पनि गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्