प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज साँझ ५ बजेबाट सकिँदैछ ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएकाे छ
यो बिचमा सत्तारुढ गठबन्धन दलहरुले आन्तरिक छलफल गरेपनि केन्द्रमा भागबण्डा नटुङ्गिएका कारण दाबी पेश गर्न सकेनन् । आज साँझसम्म दाबी पेश गर्ने सत्तारुढ गठबन्धनको तयारी छ ।









