मध्यपुर ठिमीमा लडेर एक महिलाको मृत्यु

न्युज कारखना
  • ख-
  • ख
  • ख+

काठमाडौं, २३ पुस । भक्तपुरमा लडेर एक जना महिलाको मृत्यु भएको छ ।  मध्यपुर ठिमी नगरपालिका-९ बोडे निलबाराहीमा एक महिला लडेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ललितपुर गोदावरी नगरपालिका-१४ बाँडेगाउँ घर भई भक्तपुरमा डेरा गरी बस्ने ३६ वर्षीया सृजना महर्जनको मृत्यु भएको हो । शनिबार बिहान ११ बजे घरमा लडेर उनी घाइते भएकी थिइन् ।

घाइते भएकी उनलाई छोराले देखेपछि स्थानीयले उद्धार गरी अस्पतालमा पुर्‍याएका थिए । ठिमीमा रहेको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्