गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ भदौ । प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि छलफल गर्दै निर्णयार्थ प्रस्तुत गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो ।

आवश्यक गणपूरक संख्या ६९ जना रहनुपर्नेमा ५८ जनाको उपस्थिति रहेकाले बैठक स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्