सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोशिस भइरहेको छ- अध्यक्ष नेपाल

खबर बुक
  • ख-
  • ख+

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोशिस भइरहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले विभिन्न पार्टीहरुसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेको भन्दै सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोशिस भइरहेको बताउनुभएको हो ।

उहाले सिटको बाँडफाँटको बिषय कति सम्भव वा छैन भन्ने बारेमा पनि प्रश्न उठेको उल्लेख गर्नुभयो । स्थानीय निर्वाचनमा आफ्नो पार्टीले नौ लाख जनताको समर्थन पनि हासिल गरेको भन्दै उहाले आगामी निर्वाचनमा समानुपातिक तर्फ सवै स्थानमा उम्मेदवारी दिने धारणा राख्नुभयो ।

उहाले आगामी निर्वाचनमा कलम चिन्हलाई बिजयी गराउनका लागि जिल्ला जिल्लामा परिचालित हुन निर्देशन पनि दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्