असन र इन्द्रचोकमा महानगर प्रहरी, सडकमा सामग्री हटाउन चेतावनी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ ।

यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो ।

तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ ।

मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो । साथै सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि निर्देशन दिएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्