शहीद स्मारक ए डिभिजन लिग फुटबलको मिति परिवर्तन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, पुष १४ । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ए डिभिजन लिग फुटबलको मिति परिवर्तन गरेको छ ।

बिहीबार ललितपुरमा ए डिभिजन क्लबबीच भएको बैठकले प्रतियोगिता फागुन १९ गतेबाट सुरु गर्ने सहमति गरेको हो । लिग डबल राउण्ड रोबिनको आधारमा हुने एन्फाले जनाएको छ । लिगको मिति तय एन्फाले बिहीबार ’ए’ डिभिजनका १४ क्लबलाई बैठकमा डाकेको थियो ।

यस अघि एन्फाले शीर्ष डिभिजनको लिग पुस २६ गतेबाट गर्ने निर्णय गरेको थियो । तर, तयारी खर्च नपाएको भन्दै क्लबहरुले तोकिएको मितिमा लिग खेल्ने अस्विकार गर्दै आएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्