राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरेमा अदालतमा जाने प्रचण्डकाे चेतावनी

खबर बुक
  • ख-
  • ख+

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले यसपटक नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने बताउनुभएको छ । आज जनकपुरधाममा मधेस प्रदेशमा रहेका माओवादीका केन्द्रीय सदस्यहरूको बैठक सहभागी हुन जानुभएका अध्यक्ष प्रचण्डले संविधानतः राष्ट्रपतिलाई एक पटकमात्र विधेयक फिर्ता गर्ने अधिकार रहेकाले अब प्रमाणीकरण हुनेमा ढुक्क रहेको बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले यस पटक पनि नागरिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरेमा अदालतमा जाने चेतावनी समेत उहाँले दिनुभयो । अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले मुलुक निर्वाचनको तयारीमा रहेको भन्दै अहिले गठबन्धनले प्रतिनिधिसभातर्फ सिट संख्या टुङ्ग्याइसकेको दाबी गर्नुभयो । मधेस प्रदेशमा आफ्नो पार्टीले ९ वटा प्रतिनिधिसभा सिटमा दाबी गर्ने उहाँको भनाइ रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्