किङडम र लोयल्टी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० भदौ।।किङडम र लोयल्टी चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

किङडमले एन्जल्स हार्टलाई ६१–२६ ले पराजित गर्‍यो । किङडमको जितमा मनोज तामाङले ३५ अंक योगदान गरे । निङमा शेर्पाको २२ अंक सहयोगमा लोयल्टीले रिलायन्स पब्लिकलाई ४८–२२ ले हरायो ।

सिनियर ब्वाइजमै भ्याली पब्लिकले रेडिअन्टलाई ४८–४० तथा ग्रिनल्यान्डले स्कोलर्स होमलाई ४७–३३ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाए ।

भ्याली पब्लिकका अनमोल गुरुङले १८ तथा ग्रिनल्यान्डका सुरेश बिसीले १७ स्कोर गरे । सेमिफाइनलमा लोयल्टीको भेट किङडमसँग हुनेछ भने भ्याली पब्लिकले ग्रिनल्यान्डविरुद्ध खेल्ने छ ।

सिनियर गल्र्समा एचएचसीएले तिरुपतिलाई ११–१०, ग्रिनल्यान्डले टीआईएलाई २१–८ र भ्याली पब्लिकले आयोजक केभीकेएससलाई २८–७ ले पन्छ्याउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

एचएचसीएकी रेश्मा तामाङले ११, ग्रिनल्यान्डकी परी गुरुङले ११ र भ्याली पब्लिककी लोरिशा गौतमले १२ अंक बटुले । पृथ्वी पनि विन्डी हाउसबाट वाकओभर पाउँदै सेमिफाइनलमा पुग्न सफल भयो ।

सेमिफाइनल भ्याली पब्लिक र पृथ्वी तथा ग्रिनल्यान्ड र एचएचसीएबीच हुनेछ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्