प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने प्रावधानसहित संसदमा दर्ता भएको विधेयक निस्क्रिय बनाइने

खबर बुक
  • ख-
  • ख+

सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने प्रावधानसहित संसदमा दर्ता भएको विधेयक निस्क्रिय बनाउने भएको छ ।

संसदको कार्यकालको विषयमा प्रष्ट व्यवस्थासहितको कानून नभएका कारण छलफलका लागि संसदमा पेश गरेको विधेयकप्रति आलोचना बढेपछि सरकारले संशोधनसहित विधेयक निस्क्रिय बनाउने भएको हो ।

काँग्रेस सचेतक मिन विश्वकर्माले सुरुमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले विधेयकबारे सकारात्मकता देखाएपनि संसदमा पेश भएपछि विरोध गर्दा विधेयक निस्क्रिय बनाइने बताउनुभयो ।

उहाँले विधेयकमाथि विवाद भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री गोविन्दप्रसाद शर्मालाई हिजो नै संशोधन प्रक्रिया रोक्न निर्देशन दिनुभएको पनि बताउनुभयो ।

सचेतक विश्वकर्माचाले संसदमा टेबल भइसकेकाले अब संशोधनसहित त्यसलाई निस्क्रिय बनाइने बताउनुभयो ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो बिहान भएको छलफलमा पनि प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रावधानले विवाद बढाउने भन्दै विधेयक अघि नबढाउने सहमति भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्