स्रोत नखुलेको सात लाखसहित एक जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

भारतबाट मोटरसाइकलको सिटमुनी र ट्यांकीमा लुकाएर ल्याएको श्रोत नखुलेको ७ लाख नेपाली रुपैयाँसहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ का ५० वर्षीय हरिनारायण प्रसाद कुर्मी रहेका छन् । कुर्मी भारततको रक्सौलबाट वीरगञ्जतर्फ आउने क्रममा पक्राउ परेको पर्साका प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए ऽ

कुर्मी ना२८प २८९० नम्बरको मोटरसाइकलमा आउँदै गर्दा उनीमाथि शंका लागेर चेकजाँच गरेको र सो क्रममा बरामद भएको सातलाख रुपैयाँको स्रोत खुलाउन नसक्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्