बाइक पारखीहरुलाइ लक्षित गरेर इभेन्टको आयोजना

खबर बुक
  • ख-
  • ख+

नेपालमा पछिल्लो समय बाइकका पारखीहरु बड्दै गइरहेको छ । सोसल मिडिया युटुवमा देखिने बाइकरहरुको ट्राभल भल्गले पनि नेपालमा युवाहरुमा बाइकप्रति युवाहरुको बड्दो लोकप्रियतालाई दर्शाउछ ।

आजकाल युवाहरु आफ्नो बाइक प्रतिको लगाव, आफुमा मात्र सिमित नराखी समुहमा भेला भई बइाकरहरुको ग्याङ बनाई विभिन्न कार्यहरुमा संलग्ने हुने गरेका छन् । बाइकरहरु समुहमा भेला भई रमाइलो गर्ने, घुम्न जाने मात्र नभई विभिन्न सामाजिक कार्यमा पनि उतिकै सकृयता देखाउदै आएका छन् । जसले गर्दा नेपाली समाजमा बाइकरहरु प्रति रहेको गलत मानसिक सोचमा पनि परिवर्तन आइरहेको छ ।

यसैलाई मध्य नजर गर्दै बाइकोहोलिक नामक कम्पनीले बाइक पारखीहरुलाइ लक्षित गरेर इभेन्टको आयोजनाको गरेको छ । बाइक एण्ड कफी फर बाइकोहोलिकको थिममा आयोजना हुने कार्यक्रम ले नेपालमा रहेका बाइकका सोखिनहरुलाइ एउटा समुदायको रुपमा विस्तार गर्ने लक्ष्य लिएको छ। शहरको एउटा कुनामा रहेको कफी सपमा बाइक मेला आयोजना गरि विभिन्न प्रकारका बाइकहरुलाई प्रर्दशनीमा राखिने बाइकोलिक कम्पनीका मालिक अश्विन श्रेष्ठले बताउनुभयो ।

पश्चिमा देशहरुमा कार एण्ड कफीको थिममा आयोजना हुने यो कार्यक्रम कार पारखिहरुको दुनियामा लोकपृय रहेको छ । यसमा कारका पारखीहरु आफ्नो कार र कफीको साथमा बिहान तथा सप्ताहांतमा सार्वजनिक स्थानमा भेला भइ आफ्नो कार प्रतिको मोह र आफुले मन पराएको ब्रान्डको कार मालिक हुनुको गर्व प्रर्दशन गर्ने गर्छन । यसै थिमको कार्यक्रम लाइ अनुशरण गर्दै प्रतेक महिना एउटा कफी सपमा कार्यक्रम आयोजना हुने छ। जहाँ विभिन्न मोडलका बाइकहरु प्रर्दशनमा राखिने छन् भने सहभागी बाइकरहरुले कफी सगैं बाइक मेलाको मजा लिन सक्नेछन् । विना शुल्क इन्ट्रि गर्न सकिने यस कार्यक्रमले पुर्व देखि पश्चिम सम्म भिन्न भिन्न समुदायमा बाइकरहरुलाई एउटा परिवारको विस्तार गर्ने श्रेष्ठले विश्वास गर्नुभएको छ ।

सन् २०२३ देखि प्रतेक महिना इभेन्टको आयोजना गर्ने लक्ष्य लिइएको यस्को पहिलो इभेन्ट भने यही भाद्ध २४, सेप्टेम्बर १० शनिबारका दिन एलेक्जेर क्याफे, नयाँ बजार, काठमाण्डौमा आयोजना हुने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्